November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुदुरपश्चिम सरकारले पायो पूर्णता

2.6K

धनगढी । मुख्यमन्त्रीमा कमल बहादुर शाह नियुक्त भएको झण्डै छ महिना पुग्नै लाग्दा सुदुरपश्चिम सरकारले पूर्णता पाएको छ ।

तेस्रो पटकमा मन्त्री मण्डललाई पूर्णता दिएका मुख्यमन्त्री शाहले कांग्रेसका प्रदेशसभा सदस्य शिवराज भट्टलाई आन्तरिक मामिला तथा कानुन, नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी, नागरिक उन्मुक्तिकै कैलाश चौधरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनीयको शपथ ग्रहण गराए ।

Advertisement

मन्त्री भट्ट बैतडीको प्रदेशसभा (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

रामेश्वर चौधरी कैलाली निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए । त्यस्तै, कैलाश चौधरी कैलाली निर्वाचन क्षेत्र नं. १ (१)बाट निर्वाचित भएका हुन् ।