April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चीनमा एक जिम हाउसको छत भत्किँदा ११ जनाको मृत्यु

2K

काठमाडौं । चीनमा एक जिम हाउसको छत भत्किँदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको छ । उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा भएको यश दुर्घटनामा ४ जना घाँइते भएका छन् ।

अन्तरास्ट्रिय समाचारमा उल्लेख भएअनुसार सो क्षेत्रमा भएको अत्यधिक वर्षापछि छत भत्किएको थियो । छत भत्किने बेला जिम हाउसमा १९ जना थिए । चार जना जोगिन सफल भए पनि १५ जना भग्नावशेषमा च्यापिएका थिए । तीमध्ये ११ जनाको मृत्यु भएको र चार जना घाइते भएको बीबीसीले जनाएको छ ।

मृतकमध्ये धेरैजसो बालबालिका छन् । प्रहरीले जिम हाउस सन्चालकलाई पक्राउ परेको छ ।

Advertisement