November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

कांग्रेस बैठकको आजको तालिकामा सभापति र महामन्त्रीले जवाफ दिने

1.5K

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको आज बस्ने बैठकमा सभापति देउवा र महामन्त्रीद्वयले जवाफ दिने तालिका रहेको छ ।

अपराह्न ३ बजेदेखि सुरू हुने बैठकमा सभापति र महामन्त्रीद्वयले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन्।

असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र महामन्त्री गगन थापाले प्रस्तुत गरेको वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए।

Advertisement

ती विषयमा आइतबारसम्म केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। सहमहामन्त्रीहरूले आइतबार नै बोलिसकेका छन्।

केन्द्रीय सदस्यहरूको धारणा तथा सुझावको आज सभापति र महामन्त्रीहरूले जवाफ दिएपछि बैठकमा बोल्ने क्रम सकिनेछ।