काठमाडौं । सुडानमा शनिबार हवाई हमला हुँदा २२ जनाको मृत्यु भएको हो ।
सुडानको राजधानी खार्तुमको छिमेकी शहर ओमडुरमनको आवासीय क्षेत्रमा हवाई हमला भएको थियो ।
सुडानी सेना र एक विद्रोही अर्धसैनिक संगठन आरएसएफबीच एक साताको बीचमा भएको लडाइँमा यो सबैभन्दा धेरै मानवीय क्षति हो । आक्रमण कसले गर्यो भन्ने खुलेको छैन । आक्रमणको दोष सेना र विद्रोही संगठन दुवैले एकअर्कालाई दिएका छन् ।
विद्रोही संगठनका नेता अब्देल फतह अल बुरहानले सेनाले भने आक्रमण गर्दा ३१ जनाको मृत्यु भएको र कयौं घाइते भएको बताएका छन् । यसबारे सेनाको तर्फबाट भने औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन । स्वास्थ्य मन्त्रालयले भने २२ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
स्थानीयवासीका अनुसार सेनाले विद्रोही समूहलाई लक्षित गरी निरन्तर हवाई हमला गर्दै आएको छ । विद्रोही समूहले पनि ड्रोन र लन्चरको माध्यमबाट जवाफी हमला गर्दै आएका छन् ।
ओमडुरमन विद्रोही समूहले डारफुरबाट सामान आपूर्ति गर्ने एक महत्वपूर्ण स्थान हो । अहिले सेनाले त्यहीँ आक्रमण केन्द्रित गरेको छ ।