काठमाडौँ । जननेता मदन भण्डारीको ७२ औँ जन्मजयन्तीका सन्दर्भमा सप्ताहव्यापी ‘राजनीतिक वैचारिक, सांस्कृतिक सांगठनिक अभियान सम्पन्न भएको छ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालद्वारा आयोजित उक्त अभियान असार १४ देखि २१ सम्म संचालन भएको हो।
महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीको अध्यक्षता र नेकपा (एमाले) का महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा भव्य रुपमा समापन कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा महासङ्घको घटक संगठन ‘जननाट्य क्रमी सङ्घ’ले मदन भण्डरीद्वारा रचित चारओटा कविताको नाट्य अभिनय प्रस्तुत गरेको थियो भने महासङ्घका उपाध्यक्ष आर.सी न्याैपानेले जबजको वैचारिक दार्शनिक सांस्कृतिक पक्षको बारेमा मन्तव्य राखेका थिए ।
कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलले कम्युनिष्ट आन्दोलनको इतिहास नेकपा (एमाले) र जबज, वर्तमान राजनीतिक परिस्थिति, राजनीतिक , सामाजिक, आर्थिक, सांस्कृतिक समग्र पाटाहरुको बारेमा गहिरो विचार प्रस्तुत गर्दै सामयिक प्रशिक्षण दिनु दिएका थिए ।
यस्तै, महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले महासङ्घद्वारा आयजित सप्ताहव्यापी कार्यक्रमको बारेमा मिहिन समीक्षा तथा विश्लेषण गर्दै आगामी कार्ययोजनाको बारेम समेत स्पष्ट पारेका थिए ।
बुद्धिजीवी, साहित्यकार, कलाकार, संस्कृतिकर्मी तथा राजनीतिक व्यक्तित्व रहेको सो कार्यक्रमको सञ्चालन महासङ्घका कार्यवाहक महासचिव अशोक राईले गरेका थिए ।
कार्यक्रममा ललितकला क्याम्पसका नवनिर्वाचित स्ववियु पदाधिकारीहरुलाई सम्मानपत्रसहित प्रमुख अतिथि र अध्यक्षबाट सम्मान गरिएको थियो ।