April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

राजा र धर्मको बारेमा कांग्रेसमा विवाद गर्नु असंवैधानिक – विनोद राज मोक्तान

9.7K

लण्डन – नेपाली जनसम्पर्क समिति (एनपीसीसी) बेलायतका पूर्व सभापति विनोद राज मोक्तानले तत्कालीन राजा महेन्द्रले गरेको कू र अहिले खड्क प्रसाद ओलीले गरेको कू लाई उस्तै उस्तैको संज्ञा दिएका छन् । नेपाली जनसम्पर्क समिति बेलायतद्वारा गत जनवरी २ मा आयोजित राष्ट्रिय मेलमिलाप दिवसमा मन्तव्य राख्दै मोक्तानले ओलीले अदालत, सेना, भारत र अन्य बाहिरी तत्वहरूसँग सल्लाह गरेर प्रतिनिधि सभा विघटन गरेको आरोप लगाए ।

त्यस्तै उनले नेपाली कांग्रेसले संसद विघटनको विरद्द १६५ जिल्लामा विरोध कार्यक्रमको आयोजना गरेको स्मरण गराउदै नेपाली कांग्रेस प्रतिनिधि सभा विघटनको विपक्षमा रहेको स्पष्ट पारे । तर, निर्वाचनको विकल्प नभए कांग्रेस चुनावी मैदानमा उत्रन तयार रहेको समेत उनले बताए ।

फरक प्रसंगमा पूर्व सभापति मोक्तानले राजावादीहरुको आन्दोलनलाई लक्षित गर्दै राजा र धर्मको विषयमा विवाद गर्न आवश्यक नभएको बताए । उनले कांग्रेसले राजा र धर्मको विषयमा आफ्नो विधानमा स्पष्ट रुपमा व्याख्या गरेको बताउदै राजतन्त्र र हिन्दू राष्ट्रको विषयमा बहस गर्न आवश्यक नभएको बताए ।

Advertisement