April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

एमएमएफसी गोल्डकप–२०२३ मलेसियाको उपाधि आरटीएफसीलाई

5.3K

क्वालालम्पुर । पहिलो एमएमएफसी गोल्डकप–२०२३ मलेसियाको उपाधि आरटीएफसीले जितेको छ । मलेसियाको साहआलाममा जुलाई २ मा सम्पन्न गोल्डकप आयोजक एमएमएफसी ‘ए’ लाई पराजित गर्दै आरटीएफसील उपाधि हात पारेको हो ।

फाईनल खेलको निर्धारित समयमा गोलरहित बराबरी भएपछि पेनाल्टी सुटआउटमा एमएमएफसीले ४ र आरटीएफसीले ५ गोल गरेको थियो ।

प्रतियोगिताको नकआउटका चरणमा आरटी एफसीको प्रतिस्पर्धी बबि एफसी उपस्थिति नभएकोले आरटी एफसी क्वाटर फाईनल प्रवेश गरेको थियो । क्वाटर फाईनलमा आरटीएपसीले एमएमएफसीलाई ५–० गोल अन्तरले जित हासिल गरेको थियो ।

Advertisement

सेमिफाइनलमा हिमालयन एफसीसँग आरटीएफसीले १–० गोल गर्दै हिमालयन एफसीलाई पराजित गराएको थियो ।

गोल्डकपको विजेता आरटी एफसीले ७ हजार १ रिंगेट नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । आरटीएफसी यसै हप्ता दुईवटा प्रतियोगिताको विजेता बन्न सफल भएको छ ।

एकपछि अर्को उपाधि जितेपछि आरटीएफसीका फाउण्डर राजु तामाङले खेलाडीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । साथै, मलेसियामा हुने फुटबल प्रतियोगिताहरुको उपाधिको लागि आरटीएफसी सधै दावेदार रहेको बताए ।