April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु

1.6K

काठमाडौं । भक्तपुरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सूर्यविनायक नगरपालिका-९ पलासेका ३३ वर्षीय रामकुमार सार्की रहेका छन् ।

प्रहरीका अनुसार सार्की यही असार १ गते आफ्नै घरमा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा आज बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको हो ।

Advertisement