April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

तेक्वान्दोले चिन्न नसकेको ‘बलराम’

1.9K

मान्छेको जन्मसँगै हजारौ इच्छा, चहाना र सपनाहरु जन्मिन्छन्। जसमा कसैको पूरा हुन्छ त कसैको बीचैमा तुहिन्छ। यस्तै सपनाहरुको भिडमा देखिने एउटा नाम हो बलराम राई। आफुलाई खेलकुदमा समर्पित गर्दै देशको लागि केही गर्ने सोच बोकेको राईको जन्म भोजपुर जिल्लाको नेपालेडँडामा भएको हो । बुबा तुलबहादुर राई र आमा बिना राईको जेठो सुपुत्रको रुपमा जन्म लिएका राई हाल ललितपुर महानगर २६ ढोलाहिटीमा बसिबास गर्छन् । राई सानै देखि खेलकुदमा होमिएका थिए।

सानै उमेरदेखि राजकुमार राई र ब्रुस्लीबाट अति प्रभावित राई २०५९ सालबाट मोरङको ‘बेलबारी डोजाङ्ग तेक्वान्दो’ खेलमा भर्ना भएका थिए । राईले धनगडीमा भएको २०६८ सालको छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिता र २०७३ मा सविकको पुर्वान्चलको इटहरीमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष ५८ केजि समूहमा साविकको पुर्वान्चल विकास क्षेत्रको टिमबाट प्रतिस्पर्धा गरेका थिए।

हाल विभिन्न विद्यालय तथा डोजाङ्गहरुमा प्रशिक्षकको रुपमा सक्रिय राईले थुप्रै पुरस्कार तथा सम्मानहरुसमेत प्राप्त गरिसकेका छन् ।सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा काश्य पदक हात पारेका राई देशले खेलाडीको लागि उचित तरिकाले सोचिदिने हो भने विश्व सामु नेपालको नाम चिनाउन एक से एक खेलाडीहरु सक्षम भएको बताउछन्।

Advertisement

ब्लाकबेल्ट प्राप्त गरिसकेका राई खेलकुद सँगसँगै विभिन्न सामाजिक संघ सस्थाहरुमा आबद्ध छन् । त्यो सँगै सामाजिक काममा सक्रिय उनी आफ्नै व्यापार ब्यवसायसमेत संचालन गर्दै आएका छन्। उनी खेलकुद र सामाजिक कामको अलवा राजनैतिक क्षेत्रमा समेत उत्तिकै क्रियाशील रहेका छन् ।