November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली जाने

3K

काठमाडौं । भारतबाट अनुदानमा पाएको मुर्रा राँगा लिन नेपालबाट चार जनाको टोली जाने भएको छ। राँगा लिन असार अन्तिमतिर चार जनाको टोली भारत जाने भएको हो ।

राँगा लिन जाने टोलीमा टोलीमा पशु सेवा विभागकी महानिर्देशकसहित राष्ट्रिय पशु प्रजनन केन्द्र पोखरा, पशु प्रजनन केन्द्र लहान, र क्वारेन्टाइन शाखाका प्रमुख छन्।

भारतले अनुदानमा दिने १५ वटा राँगालाई एकै लटमा नेपाल ल्याइने पशु सेवा विभागका सूचना अधिकारी चन्द्र ढकालले बताए। उनका अनुसार भारत सरकारले सीमासम्म ल्याइदिने र त्यहाँबाट ल्याउने प्रबन्ध विभागले गरिरहेको छ।

Advertisement

सरकारले भारतबाट उन्नत नस्लका मुर्रा राँगा ल्याउन २०७३ सालबाटै पहल सुरू गरेको थियो। यी राँगाबाट रैथाने भैंसीको नश्ल सुधार हुने हुँदा सरकारले सात वर्षदेखि मुर्रा राँगा ल्याउन भारतसँग पहल गरिरहेको थियो।