November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

यात्रुहरू प्रस्थान समयभन्दा ४ घन्टा अगावै विमानस्थल पुग्न हिमालय एयरलाइन्सको अनुरोध

2.4K

काठमाडौं । हिमालय एअरलाइन्सले उडान हुनुभन्दा ४ घण्टा अगावै विमानस्थल पुग्न यात्रुहरूलाई अनुरोध गरेको छ । एयरलाइन्सले बुधबार एक सूचना जारी गर्दै निर्धारित समयभन्दा ४ घण्टा अघि पुग्न अनुरोध गरेको हो ।

हिमाल एयरलाइन्सले काठमाडौंबाट दुबई यात्रा गर्ने यात्रुहरूका लागि आवश्यक औपचारिकताहरू पूरा गर्न भन्दै यस्तो अनुरोध गरेको हो

‘काठमाडौंबाट दुबई उडान गर्ने सबै यात्रु महानुभावहरूलाई उडान अघि सबै आवश्यक विमानस्थल औपचारिकताहरू पूरा गर्न निर्धारित प्रस्थान समय भन्दा कम्तिमा ४ घण्टा अगावै विमानस्थलमा पुग्न सूचित गरिन्छ ।’, सूचनामा उल्लेख छ ।

Advertisement