April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कन्सुलर सेवा कार्यक्रम संचालन गर्दै मलेसियास्थित नेपाली राजदूतावास

3K

क्वालालम्पुर । मलेसियामा कन्सुलर सेवा कार्यक्रम संचालन हुने भएको छ । नेपाली राजदूतावास मलेसियाले जोहोरबारु र सो आसपासमा रहेका नेपाली नागरिकहरुलाई लक्षित गरी कन्सुलर सेवा कार्यक्रम संचालन गर्न लागेको हो ।

१ र २ जुलाईमा जेट होटेल, १८ जलन वोन ए फूक, जोहोरबारुमा हुने उक्त कार्यक्रम विहानको ९:३० बजे सुरु भई बेलुका ५ बजे सम्म संचालन हुनेछ ।

दूतावासका अनुसार कार्यक्रममा राहदानी नवीकरण, राहदानी संकलन र ट्राभल डकुमेन्ट लगायतका सेवाहरू उपलब्ध छन् ।

Advertisement

पुरानो राहदानी भएमा नवीकरण गर्नुपर्ने भएमा नागरिकताको सक्कल वा स्पष्ट बुझिने कपि राहदानीको फारम लगायतका कागजात आवश्यक पर्नेछ भने त्यसका लागि शुल्क २४० रिगिँट लाग्ने दूतावासले जनाएको छ ।

राहदानी हराएमा, विग्रेमा, वा च्यातिएको भएमा राहदानीको फोटोकपि, नागरिकताको सक्कल वा स्पष्ट बुझिने कपि राहदानीको फारम लगायतको कागजात आवश्यक पर्नेछ । यसका लागि ४८० रिगिँट शुल्क लाग्ने छ ।

यस्तै, राहदानी संकलनका लागि पुरानो राहदानी तथा राजश्व तिरेको रसिद आवश्यक पर्नेछ । यसका लागि शुल्क तोकिएको छैनब।

ट्राभल डकुमेन्टका लागि नागरिकता वा राहदानीको कपि २ प्रति पासपोर्ट साईजको फोटो आवश्यक पर्नेछ । यसका लागि पनि २४० रिगिँट शुल्क लाग्ने छ ।