November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आईसीसी विश्वकप छनोट: नेदरल्याण्डलाई नेपालको १६७ रनको लक्ष

2.4K

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोट खेलमा नेपालले नेदरल्याण्डलाई १६७ रनको लक्ष दिएको छ । जिम्बाब्वेको टाकासिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४४.३ ओभरमा एक सय ६७ रन बनाउँदै अलआउट भएको हो। 

यसअघिको यात्रा तय गर्न नेपालले यो खेल जित्नै पर्ने बाध्यात्मक खेलममा नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । ओपनर कुशल भुर्तेल र सन्दीप लामिछानेले २७–२७ रन बनाए । भीम सार्की २२ रनमा आउट भए । नेदरल्यान्ड्सका बलर लोगन भान विकले चार विकेट लिए । बास डि लिड्स र बिक्रमजित सिंहले दुईदुई विकेट हात पारे ।

खेलका लागि नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने छन् ।

Advertisement