विराटनगर । स्वास्थ जीवनका लागि आयुर्वेद र योगको महत्व भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरूको आयोजना गरी ९ औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुधवार सम्पन्न भएको छ । ३ सयको सहभागिता रहेको कार्यक्रममा योग शिविर, प्रभातफेरी, वक्तृत्वकला सञ्चालन भएको थियो ।
प्रभातफेरी विरानगरको परोपकार सामुदायिक भवनदेखी तिनपैनी चौकहुँदै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको कार्यलयसम्म गरिएको थियो । स्वास्थ्यमन्त्री तिल कुमार मेन्याङबोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, कोशी प्रदेश स्वास्थ्य मन्त्रालय महाशाखा प्रमुख सुरेश मेहता थिए ।
वक्तृवकला प्रतियोगितामा योग र आयुर्वेदको महत्वबारे पोखरीया मावि विराटनगरका कक्षा ८, ९, १० मा अध्यनरत २० जना छात्रछात्राहरूको सहभागीतामा वक्तृत्ववकला प्रतियोगिता संञ्चालन गरिएको थियो । वक्तृवकला प्रतियोगितामा प्रथम तेजस्वी दाहाल, द्धितृय रागिनी न्यौपाने, तृर्तीय उज्वल ओझा भएका थिए ।
योग दिवस कार्यक्रममा व्यक्ति, संघसंस्थाहरूको प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमका अतिथि तथा सहभागीहरूले योग र आयुर्वेदको जीवनमा महत्व रहेकोले योग अभ्यास र आयुर्वेद चिकित्सा पद्वतिलाई आत्मसात गरी स्वास्थ्य जीवनयापन गर्न महत्व रहेको कुरामा जोड दिएका थिए। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङ,जीवन विज्ञान तथा पतञ्जली योग समिति मोरङको संयूक्त आयोजना कार्यक्रम गरिएको थियो ।
कार्यक्रमलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङका प्रमुख डा.केनिन राईले सभापतित्वमा प्रदान गरेका थिए ।