April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चौथो जेन्युन एसियन ओपन ईन्टरनेस्नल तेक्वान्दो च्याम्पियनशिप-२०२३ मलेसियामा सम्पन्न

3.9K

क्वालालम्पुर । चौथो जेन्युन एसियन ओपन ईन्टरनेस्नल तेक्वान्दो च्याम्पियनशिप-२०२३ सम्पन्न भएको छ । मलेसियाको साउथ सिटी प्लाजामा संचालन भएको प्रतियोगितामा नेपालबाट १२ खेलाडी र ४ अफिसियलको सहभागिता रहेको थियो ।

शुक्रबार सम्पन्न खेलमा नेपालले ५ स्वर्ण, ५ कास्य र तीन रजत पदक जितेको छ । जसमा गणेश रोक्का मगरले पुम्से, डबल फ्रन्ट किकमा स्वर्ण र पन्चमा रजत पदक जिते भने जतिन महर्जनले पुम्सेमा स्वर्ण र ब्याक किकमा रजत जितेको हुन् । छोरिङ गोलेले पुम्सेतर्फ स्वर्ण, सम्साद सेखले ब्याक किकमा स्वर्ण पदक जितेका छन् ।

यसै गरी, जैनब खातुनले पुम्सेमा, प्रेम बहादुर रानाले फ्रन्ट किक, ब्यक किक, पन्चमा र आशिस गौतमले पुम्सेतर्फ कास्य पदक जितेका छन् भने प्रेम बहादुर रानाले पुम्से रजत पदक जितेका छन् ।

Advertisement

प्रतियोगितामा नेपाल लगायत चाइना, ताइवान, इन्डिया, मलेसिया, थाइल्याण्ड र इन्डोनेसियाको खेलाडीहरु सहभागी थिए।