काठमाडौं । चीनको एक रेष्टुरेन्टमा विस्फोट हुँदा कम्तिमा ३१ जनाको मृत्यु भएको छ। बुधबार राति निङ्गसिय स्वायत्त क्षेत्रको यिन्चुआन सहरस्थित एक बारबीक्यु रेष्टुरेन्टममा विस्फोट हुँदा ३१ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका हुन् ।
घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अन्य ६ जनाको सामान्य चोटपटक, आगो लागेको र सिसा काटिएको छ । उनीहरूको अस्पतालमा उपचार भइरहेको छ ।
सीसीटिभीमा देखिए अनुसार रेष्टुरेन्टमा ग्यास चुहावट भएर करिब रातको ८:४० बजेतिर विस्फोट भएको सिएनएन समाचारमा उल्लेख छ।
यश घटनाबारे चिनियाँ राष्ट्रपति सी जिनपिङले दुःख व्यक्त गरेका छन्। उनले औद्योगिक र व्यवसायिक क्षेत्रमा सुरक्षा लगातार निरीक्षण गर्नु र गराउन अधिकारीहरूलाई निर्देशन समेत दिएका छन्।