काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन बनायो । उसका लागि सयन जंहागीरले अविजित १०० रन बनाएका छन् ।
अमेरिकासँगको खेलमा करण केसीले ४ विकेट लिए भने गुल्सन झाले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशीले एक विकेट लिए ।
नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल जिक्बावेसँग पराजित भएको छ । नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्ने योजनामा छ ।
नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।
नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने छन् ।