November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरियो

1.9K

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । शनिबार राति पौने २ बजे अस्पताल भर्ना भएका पौडेलको मंगलबार मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सफलानट सेन्टरमा मुटुको शल्यक्रिया गरिएको हो । 

अस्पतालका अनुसार चिकित्सकहरूले बिहान मध्याह्न १२ बजेदेखि दिउँसो २ बजेसम्म लगाएर राष्ट्रपतिको मुटुको शल्यक्रिया गरेका हुन् ।

मुटुको शल्यक्रिया गरेर राष्ट्रपति पौडेललाई पेसमेकर राखिएको छ । पौडेलको मुटुको चाल सुधारउन्मुख नभएपछि मंगलबार चिकित्सकहरूले शल्यक्रिया गरेर पेस मेकर गरेका हुन् ।

Advertisement