April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

वाशिङटनमा १५ दिनका लागि आपतकाल घोषणा

2.9K

वाशिङटन–अमेरिकी संसद भवनमा डोनाल्ड ट्रम्प समर्थकको आक्रमणपछि अमेरिकाको राजधानी वाशिङटन डिसीमा १५ दिनका लागि ‘नागरिक आपतकाल’ (पब्लिक इमर्जेन्सी) लगाइएको छ।

मेयर म्युरियल बाउजरले यसको घोषणा गरेका छन्। उनले सहरमा हतियारधारीहरु आएको र हिंसा  र तोडफोड गर्नुका साथै बन्दुकसमेत चलाएकाले आपतकाल लगाउनुपरेको दावी गरेका छन्।

यो आदेश जनवरी २१ सम्म लागू हुने छ। नयाँ राष्ट्रपति जो बाइडनको सपथ ग्रहणको एक दिनपछिसम्म यो क्रम जारी रहने मेयरले जनाएका छन्। हिंसालगत्तै सहरमा कर्फ्यु लगाइएको छ। जसलाई मेयरले बुधबार साँझबाट लागू गरेका हुन्। दर्जनौं मानिस आदेश उल्लंघनको आरोपमा पक्राउ परेका छन् ।

Advertisement