लन्डन । आगामी जुलाईमा हुन गइरहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्षका लागि ज्ञानेन्द्र आलेले उम्मेदवारी घोषणा गरेका छन् । आगामी कार्यकलका लागि वर्तमान कार्यसमितिका सचिव आलेले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
एक वक्तव्य जारी गर्दै आलेले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । सदस्य र सचिवका रुपमा एकएक कार्यकाल काम गरिसकेका आलेको वक्तव्यमा उल्लेख छ, ‘करिब एक दशकदेखि एनआरएन अभियानमा रही विगत ४ वर्षदेखि एनआरएनए यूकेको कार्यसमितिमा रहेर अभियानमको विभिन्न कालखण्डमा एनआरएन अभियानमार्फत नेपाल र नेपालीहरुको बृहत् हितमा सकारात्मक तथा प्रभावकारी काम गर्दै आइरहेको छु । जस्तै, एनआरएनए अभियानभित्र विशेषतः गोर्खाहरूको मुद्दा, बिदेशमा रहेका नेपालीलाई नेपालसँ जोड्ने विभिन्न अभियान, संस्थाभित्र संस्थागत संरचना शुद्धीकरण गर्नेदेखि कोभिड-१९ को समया आर्थिक संकलन गर्ने केन्द्रको सम्पर्कमा रही सातै प्रदेशमा राहत पुग्ने गरी काम गरेको कुरा सबैलाई अवगतै छ । साथै यूक्रेन युद्धपीडित सहयोग अभियान जस्ता धैरै अभियानहरुबाट देश र जनतालाई सहयोग गर्ने क्रममा मैले निर्णायक भूमिका निर्वाह गर्दै आइरहेको छु ।’
विभिन्न प्रतिवद्धतासहित उपाध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका उनेले वंशजको नागरिकता अभियान, गोर्खाहरुको अधिकार, संस्थाको संरचनागत सुधार, आर्थिक पारदर्शितालगायत एजेन्डामा काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
यस्ता छन् आलेका प्रतिवद्दताहरू:
१. एकपटकको नेपाली सधैंको नेपाली (वंशजको नागरिकता) अभियानलाई परिणाममुखी बनाउने र नेपालमा रहेको हाम्रो सम्पत्तिको सुरक्षा गर्ने ।
२. गोर्खाहरूको हक, अधिकार तथा समानताको अभियानप्रति पूर्ण समर्थन गर्दै गोरखाको एनआरएनए भित्र सम्मानजनक स्थान र गोरखाको मागप्रतिको ऐक्यबद्धता आवद्ध रही सोही मागप्रतिको लागि गर्ने हरेक अभियानमा प्रभावकारी/परिमाणमुखी भूमिका निर्वाह गर्ने छु ।
३. एनआरएनए यूके राष्ट्रिय समन्वय परिषदको यथाशीघ्र विधान अधिवेशन गरी संस्थागत संरचना परिवर्तन गर्ने । जस्तै : उपाध्यक्ष पदमा महिला, युवा र गोरखालाई एक पद दिई बाँकी तीन उपाध्यक्षमा यूके भरिबाट उम्मेदवारको लागि उम्मेदारी दिन मिल्ने गर्ने, सम्पूर्ण राज्य समन्वयन परिषदलाई आवस्यकता अनुसार पूनसंरचना गर्ने पहल गर्ने छु ।
४. बेलायतको विभाजित,विखण्डित समाजलाई एकीकृत गरी एनआरएनएलाई पूर्ण रूपमा सम्पूर्ण नेपालीहरुको साझा संस्थाको रूपमा स्थापित गर्ने छु ।
५. संघलाई अझै सशक्त र पारदर्शी, सामूहिक निर्णय, विधीविधान अनुसार संचालन गरी संघलाई नेपाल र नेपालीको बृहत् हितमा लगाउने छु ।