April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

निर्मल हृदय संस्था नेपालद्वारा महिलाहरूलाई नि:शुल्क सीपमूलक तालिम

4.2K

बुटवल । निर्मल हृदय संस्था नेपालले सीपमूलक तालिम सप्पन्न गरेको छ । सामाजिक कार्यमा अग्रसर यश सस्थाद्वारा शुक्रबार महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले सीपमूलक तालिम कार्यक्रम आयोजना गरेको हो ।

सस्थाकी उपाध्यक्ष समिता कार्कीकाे संयाेजकत्व र सह-सचिव सबिना बस्नेतकाे प्रशिक्षणमा अचार बनाउने तालिम सम्पन्न भएकाे हाे । तिनाउ गाउँपालिका वडा नं ५ मा अवस्थित चरचरे प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका अविभावकलाई आत्मनिर्भर बनाउने उद्देश्यले नि:शुल्क व्यवसायिक अचार बनाउने तालिम सम्पन्न गरिएकाे गंगा लिम्बुले जानकारी दिइन् ।

तालिमलाई प्राेत्साहन गर्नका लागि तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, उपाध्यक्ष लालबहादुर थापा र वडा नं ५ काे अध्यक्ष ईन्द्र कुमारी चिढीकाे पनि उपस्थिति रहेकाे थियाे ।

Advertisement

संस्थाका सदस्य तथा साेही विद्यालयकाे प्राध्यापक गंगा पंगेनीकाे पहलमा गरिएकाे अचार बनाउने तालिममा २२ जना अविभावककाे उपस्थिति रहेकाे थियाे ।

विद्यालयमा पठन पाठनमा सहज हाेस भनेर सस्थाद्वारा भित्तेचित्रजस्ता केही सामग्रीसमेत वितरण गरिएकाे थियाे ।