March 13, 2025, Thursday
२०८१ चैत्र १
1:37:26 pm

वानएक्स बेटमा सट्टेबाजी र विज्ञापन गरेको आरोपमा ’बल्छी ध्रुबे’ सहित ८ जना पक्राउ

2.3K

काठमाडौं । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वान एक्स बेट’मा सट्टेबाजी गर्ने र त्यसको विज्ञापन गरेको आरोपमा कलाकार बल्छी धु्रबे (मरिचमान श्रेष्ठ) सहित ८ जना पक्राउ परेका छन् । तत्कालका लागि प्रहरीले उनीहरूको नाम गोप्य राखेको छ भने उनीहरूलाई म्याद थप गरी सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

पक्राउ परेका कलाकारहरूले युट्युबमार्फत् वानएक्स बेटको विज्ञापन गरेको आरोप छ । युट्युबमा प्रोमो कोड प्रयोग गरी वानएक्स बेटिङमा छुट प्राप्त गर्न सकिने भन्दै विज्ञापन गरेको देखिन्छ ।

कलाकार तथा युट्युबरहरूले विज्ञापन गरेर बेटिङमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अपरेसन चलाएको हो । त्यसरी अपरेसन चलाएर बुधबारमात्रै बेटिङका पाँच जना एजेन्टलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

Advertisement