काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । देउवा श्रीमती आरजु राणासहित सिंगापुर प्रस्थान गरेका हुन् ।
सचिवालयका अनुसार देउवा नियमित स्वास्थ्य परीक्षणका लागि गएराति सिंगापुर गएका हुन् ।
सभापति देउवाले आफू स्वदेश नफर्किउन्जेलसम्मका लागि उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले पार्टी विधानको धारा २५ को उपधारा (१३) बमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् ।