काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। राष्ट्रपति कार्यलयका अनुसार उनलाई मंगलबार बिहान ११ बजे उनलाई बाँसबारीस्थित गंगालाल अस्पतालमा लगिएको हो ।
रष्ट्रपतिको मुटु लगायत स्वास्थ्य उपचारको लागि अस्पताल लगिएको स्रोतले जनाएको छ ।
उनी वैशाख १७ गते राति भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारपछि नेपाल फर्किएका थिए। वैशाख ६ गते उनी नयाँ दिल्ली पुगेका थिए।