November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

प्रधानमन्त्रीसँग रेशम र मन्त्री रञ्जिताको भेटवार्ता

2.4K

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । सुदूरपश्चिम सरकार लगायतका विषयमा छलफल गर्न चौधरी र श्रेष्ठले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् ।

सोमबार भएको प्रधानमन्त्रीसँगको भेटवार्तामा उनीहरुले पूर्व सहमतिअनुसार सुदूरपश्चिम सरकारमा दुईमन्त्री र एक राज्यमन्त्री दिन माग गरेको बताइएको छ । रेशम चौधरीले सो भेटमा पूर्व सहमतिबाट सरकार पछि हट्न नमिल्ने प्रधानमन्त्रीलाई स्मरण गराएका छन् ।  जवाफमा प्रधानमन्त्री प्रचण्डले नाउपासँग भएको सहमति अनुसार नै मन्त्रालय उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पछिल्लो पटक जेठ ६ गते नाउपालाई बाहिरै राखेर मन्त्री मण्डल विस्तार गरेका थिए ।मुख्यमन्त्री शाहले नाउपालाई १ मन्त्रालय दिएर मन्त्री मण्डललाई पूर्णता दिन खोजे पनि पूर्व सहमति अनुसार मन्त्रालय भागबण्डा नभएको भन्दै नाउपा मन्त्रिमण्डल बाहिरै बसेको थियो ।

Advertisement

प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अझै मन्त्रीविहीन रहेको छ ।