November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री निकोला स्टर्जन पक्राउ

2K

स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री निकोला स्टर्जन पक्राउ परेकी छन्। स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग र वित्तीय सम्बन्धमा चलिरहेको अनुसन्धानको सम्बन्धलाई लिएर उनलाई आइतबार पक्राउ गरिएको हो। 

प्रहरीले उनको नाम नलिई एक विज्ञप्ति जारी गर्दै भने, ‘एक महिला (५२ वर्षीया) लाई शङ्कास्पदका रूपमा हिरासतमा लिएको छ र सोधपुछ भइरहेको छ ।’ गत अप्रिलमा उनका श्रीमान्, पूर्व एसएनपी प्रमुख कार्यकारी पिटर मुरेलको गिरफ्तारी र रिहाइ पछि उनलाई पनि पक्राउ गरिएको हो । उनी आइतबार प्रहरी अनुसन्धानमा भाग लिएकी थिइन्।

उनले आइतबार पुलिस स्कटल्याण्डसँगको एक अन्तर्वार्तामा भाग लिइन्, जहाँ उनलाई पक्राउ गरिएको थियो । उनलाई अपरेसन ब्रांचफार्मको सम्बन्धमा सोधपुछ गरिएको थियो ।

Advertisement