लन्डन । बेलायतका पूर्व प्रधानमन्त्री एवं टोरी पार्टीका सांसद बोरिस जोनसनले सांसद पदबाट राजिनामा दिएका छन् । सांसदको नेतृत्वमा रहेको विशेषाधिकार समितिको प्रतिवेदनले प्रधानमन्त्री भएका बेला डाउनिङ स्ट्रिटमा लकडाउनको नियम उल्लंघन गरेर पार्टी गरेको र संसदलाई गुमराहमा राखेकोमा दोषी ठहर गरेसँगै जोनसनले राजिनामा दिएका हुन् ।
पार्टीगत रिपोर्टको अग्रिम प्रतिलिपि प्राप्त गरेपछि बोरिस जोनसनले टोरी सांसदको रूपमा तुरुन्तै राजिनामा दिने बताइएको हो ।
जोनसनले आफूलाई पार्टीबाटै निस्कासन गर्ने रणनीति लिएको आरोप लगाए । विशेषाधिकार समितिले भने जोनसले हाउस अफ कमनस्सको अखण्डतालाई खण्डन गरेको जनाएको छ । साथै सदनको कार्यविधि र जनादेशका पालनाका विषयमा छिट्टै प्रतिवेदन सार्वजनिक गरिने बताइएको छ । त्यसका लागि आगामी सोमबार बैठक बोलाइएको छ ।
जोनसनले प्राप्त गरेको अग्रिम प्रतिवेदनका आधारमा राजिनामा दिंदै अनुसन्धान पूर्वाग्रही भएको आरोप लगाएका छन् ।