April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने

5.5K

काठमाडौं । भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी उपहार दिने भएको छ । भारतीय दुतावासले शनिबार विज्ञप्ति निकाल्दै नेपाल सरकारको अनुरोधमा भारतले नेपाललाई १५ वटा मुर्रा भैसी दिएको जानकारी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कृषि तथा पशुपंक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्य अनुरुप नेपाल सरकारको अनुरोधमा १५ वटा मुर्रा भैंसी नेपाल सरकारलाई उपलब्ध गराइँदैछ ।’

भारतीय दुतावासले दुई देशबीच कृषि क्षेत्रलाई नयाँ गति दिने उद्देश्यले नानो फर्टिलाइजर्स र प्राकृतिक खेती जस्ता विषयमा पनि छलफल भएको बताएको छ ।

Advertisement