काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।
च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने सचिवालय बैठकले जिल्लाका इन्चार्ज र सहइन्चार्जहरूलाई यसअघि तोकिएको भूगोलभन्दा फरक ठाउँमा कार्यक्षेत्र रहने गरी जिम्मेवारी दिनेछ ।
यस्तै, वार्षिक कार्ययोजनालाई अन्तिम रूप दिने, केन्द्रीय सदस्यहरूको कार्यविभाजनसमेत आजको बैठकले गर्ने जनाइएको छ ।
१९ सदस्यीय सचिवालय रहेको एमालेमा सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणका कारण निलम्बनमा परेका छन् ।