काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक शुक्रबार बिहान ११ः३० बजेलाई बोलाइएको हो ।
केन्द्रीय मुख्यालय च्यासलमा सचिवालय बस्ने बैठकमा पार्टीको एक वर्षे अभियान, समसामयिक राजनीति लगायतबारे छलफल गर्ने जनाइएको छ ।
एमालेले असारदेखि एक वर्षे पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्दैछ ।