April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

कामना सेवा बैंकद्धारा नक्कली धितो खडा गरी कर्जा प्रवाह

2.4K

कपिलवस्तु । तौलिहवास्थित कामना सेवा बैंकमा नक्कली धितो खडा गरी कर्जा दिएको घटना बाहिरिएको छ ।

२०७६ साल पुस २९ गते लिएको ऋण ऋणीले साँवा व्याज नतिरेपछि धितोमा राखेको जग्गा लिलामका लागि प्रक्रिया सुरु गर्दा धितो नक्कली भएको खुलासा भएको हो । तत्कालीन कर्मचारी तथा कर्जा लिने व्यक्तिको गलत आशय देखिएपछि अहिले मिलाउन बैंकका कर्मचारीहरूको दौडधुप चलेको बुझिएको छ ।

तौलिहवास्थित सुनिल ग्यास सप्लायर्सका सञ्चालक सुनिल अग्रहरिलाई नक्कली धितो रोक्का कागज बनाई ३७ लाख ऋण प्रवाह हुँदा उनले बैकले लोन प्रवाह गरेको ४ वर्षसम्म पनि व्याज, किस्ता तिरेका थिएनन् ।

Advertisement

तत्कालीन बैंक प्रमुख अखिलेश अग्रहरि र कर्जा शाखा प्रमुख अविनाश शुक्लाको मिलेमतोमा आमा विमलाको नाममा रहेको घर जग्गा राखेर यस अघि पनि २७ लाख ऋण लिएका सुनिल अग्रहरिले थप ऋणका लागि बैंक म्यानेजर र कर्जा शाखा प्रमुखसहित बैंक प्रतिनिधि सरिता कँडेलसँग मिलेर किर्ते रोक्का कागज बनाई बैंकबाट ३७ लाख ऋण लिएको खुलेको हो । उक्त रकम अहिले जोखिममा छ ।

ठगी गर्ने त्यो बेलाका कामना सेवा बैंकका कर्जा प्रमुख अविनाश शुक्ला अहिले तौलिहवास्थित साइन रेसुङ्गा बैंक शाखा प्रमुख छन् ।