काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निरीहता देख्दा आफूलाई दया लागेको बताएका छन्।
नेम्वाङले अदालतमै उभिएर ‘’श्रीमान् प्रधानमन्त्रीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो, मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन’ भनेर सन्दर्भसहित जमेर बहस गर्नुहुनेछ आफ्नो अपेक्षा रहेको भए पनि त्यस्तो हुन नसकेको थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
अपसोच उहाँ त कसैले केही सोध्लान् कि भनेर लुकेर बस्नुभएको छ, प्रश्नबाट भाग्नुभएको छ। आफैंले बनाएको संविधानमा ‘कू’ हुँदैगर्दा त्यसविरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरीहता’ देख्दा दया लागेको छ’,थापाले लेखेका छन्।