काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक आगामी शुक्रबार (जेठ १२ गते) का लागि बोलाएको हो ।
काठमाडौंमा हुने उक्त बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको नीति तथा कार्यक्रम लगायतका विषयकेन्द्रित छलफल हुने बताइएको छ। बैठकमा संघ र प्रदेश सरकारको समीक्षा गर्ने पनि बताइएको छ।
जनमतले पार्टीबाट बनेका मन्त्री, संघीय तथा प्रदेश सांसदहरूसँग प्रश्नोत्तर गर्दैछ। उसले नागरिकसँग बढीमा सय शब्दको प्रश्न पनि विभिन्न माध्यमबाट माग गरेको छ।