काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेका छन्। मन्त्री बस्नेत विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा भाग लिन शनिबार जेनेभा प्रस्थान गरेका हुन् ।
टोलीमा मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित ६ जना रहेका छन् ।
मे २१ (भोलि) देखि ३० सम्म हुने विश्व स्वास्थ्य संगठनको ७६ औं महासभामा स्वास्थ्यमन्त्री बस्नेतले विश्व स्वास्थ्य संगठनको महासभाको मुख्य एजेन्डा संगठनको निति निर्धारण गर्ने, वित्तीय नितिहरुको सुपरिवेक्षण गर्ने र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने छन्।