April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बेलायतको मेडवे केन्ट काउन्सिलको मेयरमा नीना गुरुङ निर्वाचित

1.8K

लन्डन । बेलायतको मेडवे केन्ट काउन्सिलको मेयरमा नेपाली मुलकी नीना (मञ्जु) गुरुङ निर्वाचित भएकी छन् । स्थानीय निर्वाचनबाट काउन्सिलर बनेको १० दिनपछि नीना सोमबार भएको मतदानमा मेयर निर्वाचित भएकी हुन् ।

उनी गत मे ४ तारिखमा चाथाम सेन्ट्रल र ब्रोम्टन वडामा लेबर पार्टीबाट उम्मेदवार बनेर १ हजार २११ मत पाई काउन्सिलर निर्पाचित भएकी थिईन । सोही वडाबाट लेबर पार्टीकै डामोला अनिमासन र भिन्स म्यापल पनि विजय भएका छन् । सम्भवतः उनी बेलायतमा काउन्सिलर बन्ने नेपाली मूलको दोस्रो महिला हुन् । यसअघि स्वन्ली काउन्सिलमा लक्ष्मी गैरे काउन्सिलर भएकी थिइन् । गोर्खा समुदायबाट भने उनी पहिलो काउन्सिलर हुन् ।

पूर्वगोर्खाकी छोरी नीना गोर्खा नेप्लिज कम्युनिटी मिडवेकी पूर्वअध्यक्ष हुन् ।

Advertisement

निर्वाचित भएपछि सबैलाई धन्यवाद दिँदै मेयर नीनाले सकारात्मक परिवर्तन, नेतृत्व र समुदायप्रतिको अथक् सेवा गर्ने पार्टीको मन्त्रलाई मूर्तरूप दिने प्रतिबद्धता जनाइन् ।