April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा

1.8K

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) प्रमुख इमरान खान रिहा भएका छन् । गत मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार परेका उनी बिहीवार रिहा भएका हुन् ।

बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा तीन न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश जारी गरेको हो । प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको उक्त इजलासले उनको गिरफ्तारीलाई अमान्य र कानुनसम्मत नभएको बताएको छ ।

पाकिस्तानी सञ्चार माध्यमहरूले उल्लेख गरेअनुसार उनी रिहा भएपछि उनी शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित भएका छन्।

Advertisement

आदेशमा शुक्रबार खान उच्च अदालतमा उपस्थित नहुन्जेल कडा सुरक्षा प्रदान गर्नसमेत आदेश दिइएको थियो ।

बिहीबार अल कादिर ट्रस्ट प्रकरणमा नेसनल अकाउन्टिबिलिटी ब्युरोले गरेको गिरफ्तारीलाई अदालतले अमान्य भएको बताएको हो । उनलाई रिहा गरे पनि अहिले घर जान भने नपाउने अदालतको आदेशमा उल्लेख गरिएको छ ।