लन्डन । बेलायतको स्यानडस टाउन काउन्सिलमा नेपाली मूलकी छोरी प्रीति लिम्बु काउन्सिलरमा विजय बनेकी छिन् ।
४ मई २०२३ बिहीबार सम्पन्न स्थानीय निकायमा स्यानडस स्थित अल्समोर वार्डबाट कन्जरभेटिभ पार्टीको उम्मेदवार रहेकी प्रीतिले सर्वसम्मतले बिजय हासिल गरेकी हुन् ।
यसवर्ष बेलायतमा काउन्सिलर बन्ने नेपाली मूलको दुई महिलाहरु रहेका छन् । साउथ वेस्ट इगलैंडबाट प्रिती लिम्बु बिजयी भएकी हुन् भने बेलायतको मेडवे केन्ट काउन्सिलबाट नीना गुरुङ काउन्सिलरमा विजय बनेकी छिन् ।
यसअघि स्वन्ली काउन्सिलमा लक्ष्मी गैरे काउन्सिलर भएकी थिइन् । यसपटक बिजयी हुने दुवै जना नवनिर्बाचित काउन्सिलरहरु गोर्खा समुदायबाट रहेका छन् ।
यस पटक समेत गरी ३ पटक सम्म बिजयी हार्टफोर्डसायर डाकोरममा गोबर्धन सिलवालर, यस पटक समेत गरी २ पटक काउन्सीलर जित्ने मेडीस्टोन काउन्सिलको काउन्सिलरमा दिनेश खड्का र एक पटक जित्नेमा काउन्सीलर धन बहादुर सार्की रसमोर बरो काउन्सीलमा जितेर इतिहास रचेका छन् ।