इजरायल । गायिका मेलिना राईले इजरायलमा धमाका मच्चाउने भएकी छिन् ।
किरातीहरूको मौलिक नेपाली साँस्कृतिक महान राष्ट्रिय चाड उभौली)साकेला, यलेदोङ ५०८३ को शुभ–अवसरमा “उभौली साकेला सिली कार्यक्रम २०२३” मा मेलिना राईले धमाका मच्चाउने भएकी हुन् ।
किरात राई यायोक्खा इजरायलद्वारा आयोजना हुने कार्यक्रम १२ मे २०२३ शुक्रवार साँझ तेलअभिबस्थित यादखारूचीम १५, इभ पार्टी प्यालेसमा हुनेभएको हो । बेलुकी ७ बजे हुने कार्यक्रममा अन्य सांस्कृतिक प्रस्तुति पनि हुनेछन् ।