दाङ । लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिने भएका छन् । प्रदेश सभाको आज आज बिहान ११ बजे बस्ने दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने तय भएको छ ।
चौधरी नेपाली काँग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३÷३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक÷एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थनमा गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।