April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

वीर अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्किँदा ४ जना घाइते

1.9K

काठमाडौं । वीर अस्पतालको पुरानो भवनको बरन्डाको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन् ।

अस्पतालका एक चिकित्सकका अनुसार अस्पतालमा रहेको बिरामीको कुरूवाहरु घाइते भएका हुन् । घाइतेमध्ये ३ जना महिला र एक पुरुष रहेका छन् । घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

वीर अस्पतालको मुख्य भवनको पछाडितर्फको सीटीभीएस विभाग रहे तर्फको बरन्डाको पर्खाल भत्किएको हो ।

Advertisement