April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीसहित तीन बिनाविभागीय मन्त्रीहरूले लिए शपथ

1.7K

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र तीन बिनाविभागीय मन्त्रीहरूले शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बुटवलस्थित आफ्नो कार्यालयमा शुक्रबार मध्याह्न मुख्यमन्त्री चौधरीलाई शपथ खुवाएका हुन् ।

त्यसपछि माओवादी केन्द्रबाट निर्वाचित धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित धर्मबहादुर चौधरीलाई शपथ खुवाइएको थियो ।

उनीहरू तीनै जनाले बिनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका हुन् ।

Advertisement