काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् । चौधरीलाई प्र्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ को आधारमा मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
बिहीबार दिउँसो ५३ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका चौधरी लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका छन् ।
१ बजेतिर दाङको निर्वाचन क्षेत्र नं. ३ (१) बाट निर्वाचित चौधरीले प्रदेश प्रमुख शेरचन समक्ष प्रदेश सभाका बहुमत सांसद ५३ जनाको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । त्यसैको आधारमा उनी मुख्यमन्त्री बनेका हुन् ।
उनको शपथ शुक्रबार बिहान साढे ११ बजेका लागि तोकिएको छ ।