April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

लुम्बिनी प्रदेशमा पनि ढल्यो एमाले नेतृत्वको सरकार

2.2K

काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको छ । प्रदेश सभाको सोमबारको बैठकमा मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएपछि एमाले सरकार ढलेको हो ।

मुख्यमन्त्री गिरीले संविधानको धारा १६८ को उपदफा ४ अनुसार विश्वासको मत मागेका थिए । मुख्यमन्त्री गिरीको पक्षमा ३३ मत मात्र परेको थियो । ८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा सरकार बनाउनका लागि ४४ मत आवश्यक पर्छ । तर, अहिले एमालेका २९ र राप्रपाका ४ गरी मुख्यमन्त्री गिरीले ३३ मत मात्र प्राप्त गरेका हुन् । विश्वासको मतको विपक्षमा भने ५३ मत परेको थियो ।

पुस २७ गते ७ दलको समर्थनमा मुख्यमन्त्री बनेका गिरीले माघ ५ मा ८ दलका ५८ जनाबाट विश्वासको मत पाएका थिए । सरकार गठनको साढे तीन महिना र विश्वासको मत पाएको तीन महिनामै उनले दोस्रो पटक विश्वासको मतको सामना गरेका हुन् ।

Advertisement

एमाले नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि काँग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा अर्को सरकार गठनको प्रक्रिया गठबन्धनका दलहरुले सोमबार नै सुरु गर्ने भएका छन् ।