लन्डन । नेपाली जनसम्पर्क समिति (एनपीसीसी) यूकेले चौथो क्षेत्रीय समितिको अधिवेशन शनिबार सम्पन्न गरेको छ । काँग्रेस निकट समितिले ९ वटा क्षेत्रीय समितिमध्ये ४ वटा समितिको अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको हो ।
हितकाजी गुरुङको सभापतित्व तथा नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनबाट शक्तिमान गुरुङको नेतृत्वमा नयाँ हेम्पशायर समिति गठन भएको छ ।
कार्यक्रमका विशेष अतिथि ‘टिमुरभोटे काण्ड’का जिउदो सहिद लोकबहादुर गुरुङ (एलबी), केन्द्रीय प्रतिनिधि प्रवेश केसी, नेपाली जनसम्पर्क समितिका वरिष्ठ उपाध्यक्ष रितेश पाण्डे, महासमिति सदस्य कुमारी गुरुङ, महाधिवेशन प्रतिनिधि सुर्य नेम्बाङ, महाधिवेशन प्रतिनिधि तथा महामन्त्री इन्द्रहाङ लिङ्देन, महामन्त्री रोमियन लिम्बु, सहमहामन्त्री तपेन्द्र राई र नारायण लामा, सदस्य दुर्गा लिम्बु, एनआरएनए परिषद अध्यक्ष एलबिजेट गुरुङ, एनआरएनए युथका हेल्थ कोअर्डिनेटर डा. विशाल गुरुङ रहेको इन्द्रहाङ लिङ्देनले जानकारी दिए ।
महाधिवेशनको अवसरमा राजेन्द्र गुरुङ, अर्चना गुरुङ र सोम गुरुङले पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेका नयाँ सदस्यहरुलाई सभापति युवराज गुरुङले स्वागत गरेका थिए । सभापति गुरुङले नेपालमा भएको उपनिर्वाचिनमा पार्टीको तर्फबाट उम्मेदवार बनेकाहरुलाई शुभकामना पनि दिएका थिए ।
उक्त कार्यक्रमको संचालन विनाय दाहालले गरेका थिए ।