November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको अध्यक्षमा श्रीस

1.9K

पोखरा । लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको लायन वर्ष २०२३÷२०२४ को अध्यक्षमा लायन रूद्रबहादुर श्रीस सर्वसम्मत निर्वाचित भएका छन् ।

क्लबको शनिबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा लायन श्रीस सर्वसम्मत चुनिएका हुन् । यसअघि श्रीस क्लबको प्रथम उपाध्यक्ष थिए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम, रिजन ९, जोन १९ अन्तर्गत रहेको सो क्लबको लायन वर्ष २०२३÷०२४ को प्रथम उपाध्यक्षमा लायन सन्तु सुवेदी, द्वितीय उपाध्यक्षमा लायन सुशीला रामदाम र तृतीय उपाध्यक्षमा लायन विनिता सुवेदी सर्वसम्मत निर्वाचित हुनुभएको छ । क्लबको सचिव, कोषाध्यक्षलगायतका अन्य पदाधिकारी भने निकट भविष्यमा चयन गरिने क्लबकी २०२२÷०२३ की अध्यक्ष लायन उषा थापाले जानकारी दिएकी थिइन् ।

क्लबको निर्वाचनका अवसरमा बोल्दै लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ एम, नेपालका रिपोर्टिङ चिफ लायन कुलचन्द्र शर्माले व्यक्तिको नेतृत्व विकास र सामाजिक सेवाका लागि लायनवाद एउटा राम्रो माध्यम बन्न सक्ने बताए । अन्तर्राष्ट्रिय रुपमा प्रतिष्ठित क्लबमा आबद्ध भएर धेरै सामाजिक काममा आफूलाई संलग्न गराउन सकिने भन्दै उहाँले लायनवाद र लायन्सका बारेमा बुझेर अघि बढ्नुपर्नेमा जोड दिए । स्थापनाको छोटो समयमा नै लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले डिष्ट्रिक्टमा राम्रो छाप पार्न सफल भएको भन्दै लायन शर्माले आगामी दिनमा पनि क्लबलाई दीर्घकालीन योजनाका साथ अघि बढाउन सुझाव दिएका थिए ।

Advertisement

त्यस्तै, लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ एम, नेपाल, रिजन ९, जोन १९ की जोन चेयरपर्सन एवं क्लबकी संस्थापक अध्यक्ष लायन कोपिला श्रीसले क्लबका सबै सदस्यहरूको साथ र सहयोगले नै क्लबलाई नयाँ उचाइसम्म ल्याइपु¥याउन सकिएको उल्लेख गर्दै आबद्धता र सक्रियतालाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताइन् । क्लबको अस्तित्व बचाइराख्न क्लबका सबै सदस्यले एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाई थियो ।

क्लबका निवर्तमान अध्यक्ष लायन कुश्मराज सुवेदीले क्लबमार्फत् धेरै सामाजिक कार्यमा जोडिन सकिने भन्दै सामाजिक कार्यका लागि सहरभन्दा पनि ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए । क्लबको नेतृत्वकर्ताले समय दिएर नियमित बैठक र कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले उपयुक्त जिम्मेवारी बाँडफाँड गर्न सके काम गर्न सहज हुने उल्लेख गरे ।

क्लबका निर्देशक लायन सुरेन्द्र थापाले आफूले क्लबको विकासका लागि सधैं सहयोग गर्न तत्पर रहेको बताए । क्लबका नवनिर्वाचित अध्यक्ष लायन रूद्रबहादुर श्रीसले आगामी वर्षका लागि सबैको साथ लिएर क्लबलाई नयाँ उचाइमा पु¥याउन काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।