April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

जितगढी उत्सवमा निर्मल हृदय संस्था नेपालको सहभागिता

2.1K

रुपन्देही । नेपाल र अङ्ग्रेजको युद्धमा नेपालले विजय हासिल गरेको खुसीयालीमा बुटवलमा जितगढी उत्सव मनाइएको छ । विहीबार मनाइएको उत्सवमा निर्मल हृदय संस्था नेपालको पनि सहभागिता रहेको थियो ।

संस्थाको अध्यक्ष जस्मिन कशौधनको अध्यक्षतामा ब्यानर र नेपाली झण्डासहित संस्थाले आफ्नो उपस्थिति जनाएको हो । उक्त कार्यक्रममा विशिष्ट व्यक्ति÷व्यक्तित्व, सेनाहरू र विभिन्न संघसस्थाहरूको उपस्थिति रहेको थियो ।

वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही दिनको स्मरण गर्दै जितगढी उत्सव मनाइएको हो । सो अवसरमा गोरखादेखि पैदल यात्रामा आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो । कार्यक्रममा कर्णेल उजिरसिंहको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न झाँकी र वीरताको प्रतिक नृत्यसमेत प्रदर्शन गरिएको थियो ।

Advertisement

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उत्सवमा पूर्वमन्त्री तथा संसाद भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल लगायतले मन्तव्य राखेका थिए ।

गणेशथानबाट जितगढीसम्म निस्केको र्याली कार्यक्रममा सेनाको टोलीले बाजागाजासहित नेतृत्व गरेको थियो ।

बुटवल उपमहानगरपालिकाले आयोजना गरेको उत्सवमा पूर्वमन्त्री तथा संसाद भोजप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल लगायतले जितगढी किल्ला वीरताको प्रतिक भएको उल्लेख गरे । जितगढीलाई विश्वभर चिनाउनुपर्ने उनीहरुको भनाइ थियो ।