April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

निर्मल हृदय संस्था नेपाल र समयादेवी टोले गर्यो तनावबाट मुक्त हुने प्रशिक्षण

2.4K

बुटवल । तनावबाट टाढा रहन र तनाव व्यवस्थापन गर्नका लागि बुटवलमा स्थापित निर्मल हृदय सस्था नेपालले प्रेरणात्मक कार्यक्रम गरेको छ । बुटवल १ को टोलबासीहरूलाई लक्षित गरि सस्थाको आयोजना र समयादेवी टोलको सह–आयोजनामा सरस्वती प्राथमिक विद्यालयमा कार्यक्रम गरेको हो ।

“अहिलेको समयमा तनाव नहुनेहरू कमै होलान् । विद्यार्थीलाई पढाइ–लेखाइ, युवालाई रोजगार र प्रेमसम्बन्ध, गृहिणीलाई घरायसी कामकाज र व्यवस्थापन, कृषकलाई खेती बढाउने, पेसाकर्मीलाई पेसा प्रवद्र्धन र व्यापारीलाई कारोबारको तनाव हुन्छ । नेता र पार्टीलाई मानवीय, आर्थिक र राजनीतिक तनाव हुन्छ । तनावको कुनै सीमा छैन ।” आयोजकले यिनै कुरा प्रशिक्षणमार्फत सहभागीलाई बताएको थियो ।

सस्थाको अध्यक्ष जस्मिन कशौधन भण्डारीको अध्यक्षता र महासचिव छवि न्युरेको सञ्चालनमा भएको कार्यक्रममा अन्तराष्ट्रिय प्रशिक्षक ऋषि न्यौपानेले सहजीकरण गरेका थिए ।

Advertisement

प्रशिक्षणको क्रममा तनावबाट कसरी मुक्त हुन सकिन्छ भन्ने बारेमा प्रकाश गरेका थिए भने आगामी दिनमा झन् अप्ठ्यारो परिस्थिति आउन सक्ने हुनाले त्यसलाई सामना गर्न ध्यान तथा योग गर्न आवश्यक रहेको बताए ।

करिब ५ घण्टा चलेको प्रशिक्षण कार्यक्रममा सस्थाका सदस्य तथा टोलका बासिन्दाहरू समेत गरेर ९० जनाको उपस्थिति रहेको थियो ।