विराटनगर । प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले स्वस्थ जीवनका लागि अनिवार्य रुपमा शारीरिक व्याम गर्न सर्वसाधारणलाई सल्लाह दिएकी छिन् । शुक्रबार सचेतनामुलक र्यालीमा सहभागी मन्त्री तावाले यस्तो सुझाव दिएकी हुन् ।
विश्व स्वास्थ्य संगठन, १ नम्बर प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला स्वास्थ्य कार्यालय मोरङ विराटनगर महानगरपालिकाका स्वास्थ्यकर्मीसहित स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु सचेतनामुलक र्यालीमा सहभागी भएका थिए ।
विराटनगरको देवकोटा चोकस्थित स्वास्थ्य मन्त्रालयबाट निस्केको सचेतनामुलक र्याली नगरक्षेत्रको विभिन्न भागको परिकल्पना पछि पुनः स्वास्थ्य मन्त्रलायमा आएर समापन भएको थियो ।
विराटनगरको नगर क्षेत्रको परिक्रमा गर्दै सडकमै स्वस्थ रहन शारीरिक व्याम आवश्यक रहेको सन्देश प्रवाह गर्न शारीरिक व्याम गरेकी थिईन् ।
विश्वमा प्रत्येक बर्ष नसर्ने रोगका कारण ८० प्रतिशत भन्दा बढि मानिसको मृत्यु भइरहेको छ । र यो आगामी १० बर्षको अवधीमा नसर्ने रोगको कारण सतप्रतिशत मानिसको मृत्यु हुन सक्ने आकलन गरिएको बेला स्वस्थ रहन सबैलाई शारीरिक व्याम गर्न मन्त्री लिम्बुले सल्लाह दिएकी हुन् ।