काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउनका लागि व्यक्तिगत गालीगलौज नगर्न आग्रह गरेका छन् । ओलीले एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन् ।
अध्यक्ष आलले भने, ‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु ।’
आम निर्वाचनका क्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले बहसका लागि आह्वान गरेपनि त्यो असफल भएको ओलीले बताए । ‘मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन ।’ ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
अबको राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउन पर्ने उनले बताएका छन् । चुनावी मैदानमा रहेका सबै उम्मेदवारलाई शुभकामनासमेत दिएका छन् । उपनिर्वाचनमा प्रायः उम्मेदवार नयाँ र युवा आउनु खुसीको कुरा भएको उनले बताएका छन् ।