April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

उपनिर्वाचन उम्मेदवारले चुनावमा कति खर्च गर्न पाउँछन ?

1.4K

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा तोकेको छ । आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि उमेदवारले खर्च गर्न पाउने अधिकतम हद तोकेको हो ।

आयोगका अनुसार चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ का उमेदवारले २९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् । तनहुँ क्षेत्र नम्बर १ का लागि ३१ लाख रुपैयाँ निर्धारण गरेको छ ।

आयोगले तोकेको खर्चको हदभित्र रही निर्वाचनमा खर्च गर्न आग्रह गरेको छ । निर्वाचन खर्चको विवरण उमेदवार वा उमेदवारको प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने हुन्छ ।

Advertisement